Saturday, October 17, 2026
Home खेलकुद नेपालले दोस्रो ओभरमै गुमायो विकेट

नेपालले दोस्रो ओभरमै गुमायो विकेट

53

काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमै विकेट गुमाएको छ। नेपाली ओपनर आशिफ शेख शून्यमा आउट भएका छन्। उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौँ बलमा बोल्ड गरेका हुन्।

आज टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन्। टिममा ललित राजवंशी र गुल्शन झाले स्थान बनाएका छन्।नेपाली टिम स् रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने।