Thursday, May 7, 2026
Home Blog Page 399
नुवाकोट । नुवाकोटको ढुंगेवजारमा आगजनी भएको छ। विदुर नगरपालिका–१ ढुंगेबजारमा सोमबार राति आगजनी भएका हो । आगजनी हुँदा २ वटा पसलमा भएको रुपैयाँ र धनमाल नष्ट भएको छ। स्थानीय सुरेश श्रेष्ठको किराना पसल र रामेश्वर अधिकारीको प्लाष्ट्रिक सामग्री पसलमा आगजनी भएको हो।राती पौने १२ बजे अधिकारीको प्लाष्ट्रिक सामग्री पसलमा आगो लागिरहेको स्थानीयवासीले देखेर गुहार मागेपछि अन्यले थाहा पाएका थिए।...
सल्यान । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। सिकार खेल्न गएका जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो ।सोमबार दिउँसो गाउँबाट करिब दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा रावत घाइते भएका थिए । घाइते रावतलाई...
काठमाडौँ । दक्षिणकाली नगरपालिका–२ ग्वालदहमा टिपरले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। नुवाकोटको बेल्कोटगढी नगरपालिका १ घर भएका २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।बागमती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनि टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई गए राति ठक्कर दिएको प्रहरीले जनाएको छ। ललितपुरको भैँसेपाटी स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा तामाङको मृत्यु...
काठमाडौँ । तनहुँमा उपराष्ट्रपतिको निर्वाचनको परिणामपछि उपनिर्वाचनको हुने भएको छ । नेपाली काँग्रेसका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नियुक्त भएसँगै रिक्त तनहुँ–१ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मिति उपराष्ट्रपतिको निर्वाचनपछि मात्र तय हुने भएको हो ।उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्ने आयोगले तयारी गरेको छ । उपराष्ट्रपतिको निर्वाचनमा...
कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेदकोट नगरपालिका–७ बाट लागूऔषध चरेशसहित मदनदेव भट्ट पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ०.०७२ ग्राम लागूऔषध चरेशसहित भट्टलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
काठमाडौँ । माओवादी घटकको संयुक्त अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ। मङ्गलवार (आज) बस्ने भनिएको उक्त कार्यक्रम स्थगित भएको हो । केही दिनपछि अन्तरक्रिया गर्ने गरी आजका लागि स्थगित भएको हो ।विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी घटकहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने बताइएको थियो। गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन...
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।अस्पतालले दशौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ । निजामती अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीन वटा सूचना...
काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज फागुन ३० गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।हाइड्रोपावरले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५५ ९८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख...
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) तीन खेलहरू हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा आज दोस्रो जितको खोजीमा हुनेछ भने नवप्रवेशी चर्च ब्वाइज लगातार चौथो जितको खोजीमा हुनेछ ।यस्तै, दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा जावलाखेल...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत ५ जना स्टाफ नर्सलाई हटाएको छ । मन्त्रालयले वीर अस्पतालको कोभिड–१९ युनिफाइड शाखामा कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका पाँचौँ तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो...