काठमाडौँ । काठमाडौं र धनकुटाबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा २१ किलोग्रामसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख.२११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई...
म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा नेकपा निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ। स्ववियू निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले सङ्गठन दर्ता र भर्नाका लागि तोकेको समय अवधिको विरोध जनाउँदै अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा ताला लगाएको हो।म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनीषा दर्जीले सञ्चालक समितिको निर्णय सच्याउनुपर्ने माग गरेको बताइन्। चुनावको माहोल बढ्दै जाँदा क्याम्पसमा तालाबन्दी भएपछि स्ववियू निर्वाचनका मतदाता...
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा कोभिडविरुद्ध उच्च खोप कभरेजबारे प्रशंसा गरेको छ । सोमबार विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा नेपालको खोप कभरेजबारे प्रशंसा गरेकी हुन् ।सोमबारबाट सुरु भएको क्षयरोगसम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुन नेपाल आएकी सिंहले प्रधानमन्त्री दाहालसँग भेट गर्दै आगामी दिनमा सहयोग...
डोटी । डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । दिपायल बाट सिलगढी जाँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडी एक आपसमा ठोक्किएका हुन् ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दुर्घटनामा परि घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधार विस्तारमा चिनियाँ लगानीको अपेक्षा भएको बताएका छन्।मङ्गलवार नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडले आयोजना गरेको नेपाल चाइना बिजनेस फोरममा प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विस्तारमा चिनियाँ सहयोग भइरहेको बताएका हुन् ।उनले अति कम विकसित राष्ट्रबाट नेपाल स्तरोन्नति हुँदै गरेकोमा पूर्वाधार विस्तारको आवश्यकता रहेको पनि बताए।सरकारले लगानीलाई प्रोत्साहन...
बुटवल । काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा निमा गिरी नियुक्ति भएकी छिन् । संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले उनलाई सचेतकमा नियुक्त गरेका हुन् । उनीसँगै धेरैले उक्त पदमा आकाङ्क्षा देखाएका थिए ।बुटवल । काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा निमा गिरी नियुक्ति भएकी छिन् । संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले उनलाई सचेतकमा नियुक्त गरेका हुन् । उनीसँगै धेरैले उक्त पदमा...
काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले आईपीओ बिक्री खुला गर्न लागेको छ । उक्त आईपीओ चैत ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात्...
काठमाडौँ । निर्वाचन आयोगले आज राति १२ बजेदेखि उपराष्ट्रपतिको प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ। आयोगले आगामी चैत ३ मा तय गरेको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध गरेको हो ।मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो। निर्वाचनका लागि आयोगले...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन्। मेयर शाह गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत प्रस्थान गरेका हुन्।स्वास्थ्य सहर शिखर सम्मेलनमा भाग लिन उनी बेलायत प्रस्थान गरेको काठमाडौँ महानगरपालिकाले जनाएका छ। मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।










