Sunday, September 20, 2026
Home समाचार राति नुवाकोटको २ वटा पसलमा आगलागी, करोडौँको क्षति

राति नुवाकोटको २ वटा पसलमा आगलागी, करोडौँको क्षति

33
सांकेतिक तस्विर

नुवाकोट । नुवाकोटको ढुंगेवजारमा आगजनी भएको छ। विदुर नगरपालिका–१ ढुंगेबजारमा सोमबार राति आगजनी भएका हो । आगजनी हुँदा २ वटा पसलमा भएको रुपैयाँ र धनमाल नष्ट भएको छ। स्थानीय सुरेश श्रेष्ठको किराना पसल र रामेश्वर अधिकारीको प्लाष्ट्रिक सामग्री पसलमा आगजनी भएको हो।

राती पौने १२ बजे अधिकारीको प्लाष्ट्रिक सामग्री पसलमा आगो लागिरहेको स्थानीयवासीले देखेर गुहार मागेपछि अन्यले थाहा पाएका थिए। आगजनीको कारण भने खुल्न सकेको छैन । यस सम्बन्धमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।