Sunday, September 20, 2026
Home समाचार म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दी

म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दी

42

म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा नेकपा निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ। स्ववियू निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले सङ्गठन दर्ता र भर्नाका लागि तोकेको समय अवधिको विरोध जनाउँदै अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा ताला लगाएको हो।

म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनीषा दर्जीले सञ्चालक समितिको निर्णय सच्याउनुपर्ने माग गरेको बताइन्। चुनावको माहोल बढ्दै जाँदा क्याम्पसमा तालाबन्दी भएपछि स्ववियू निर्वाचनका मतदाता नामावली प्रकाशित, अन्तिम नामावली प्रकाशित, उम्मेदवारी मनोनयन लगायतका कार्यतालिका प्रभावित भएको छ ।