Thursday, October 1, 2026
Home अर्थ १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

52

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।