Wednesday, May 6, 2026
Home Blog Page 391
काठमाडौँ । भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरू आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए ।निषेधित क्षेत्रमा धर्ना बसेपछि तीनजनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त अनामनगर लगिएको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान गर्न लागेका छन् । दिउँसो २ः ३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।खेलाडीहरुसँगै प्रमुख प्रशिक्षक मोन्टी देसाई पनि सम्मानित हुने राष्ट्रपति सचिवालयका सदस्य खिला कार्कीले जानकारी दिए । खेलाडी, प्रशिक्षकसँगै क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको सिङ्गो टिम सम्मानित हुने उनले जानकारी...
काठमाडौँ । नेकपा (एमाले)निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन् ।दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी हुँदै छन् । ११औँ महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौँ । चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।  त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठका अनुसार आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने छ।निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेदवार रहेका छन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२...
काठमाडौँ । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले यहीँ फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको ८० हजार ९५० कित्ता सेयरको शुक्रबार बाँडफाँट भएको हो ।गोला प्रथामार्फत भएको सेयर बाँडफाँटमा ८ हजार ९५ जना आवेदकले १०/१० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । बाँकी १४ लाख ५१...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३...
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचन सुरु भएसँगै  संसद् भवन परिसरमा चहलपहल पनि बाक्लो भइरहेको छ। ‍आज शुक्रबार जारी मुलुकको नयाँ उपराष्ट्रपति पदका लागि बिहान साढे १० बजेबाट मतदान सुरु भएको हो।यो समाचार तयार पार्दासम्म जसपा नेपालका सांसद् रामसहायप्रसाद यादवसहित केही सांसदले मतदान गरिसकेका छन्। उपराष्ट्रपति पदमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद...
काठमाडौँ । सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा २ सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का...
काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुक र संविधानको रक्षा गर्नतर्फ आफ्नो भूमिका हुने बताए ।‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको जे काम र अधिकार छ । त्यसैअनुसार संविधानको पालना गर्ने, रक्षा...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गरेको छ। उद्धार अभियानद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले खतिवडाले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिए।विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पुर्‍याएको खबर प्राप्त भएकाले सरकारले तत्काल उद्धार गर्नुपर्ने उनको भनाइ छ। समाजवादी प्रेस...