राष्ट्रपति पौडेलले बोलाए राष्ट्रिय क्रिकेट टिमलाई शीतलनिवास

23

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान गर्न लागेका छन् । दिउँसो २ः ३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

खेलाडीहरुसँगै प्रमुख प्रशिक्षक मोन्टी देसाई पनि सम्मानित हुने राष्ट्रपति सचिवालयका सदस्य खिला कार्कीले जानकारी दिए । खेलाडी, प्रशिक्षकसँगै क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको सिङ्गो टिम सम्मानित हुने उनले जानकारी दिए । नेपालले बिहीबार युनाइटेड अरब इमिरेट्स् (युएई)लाई डकवर्थ लुइस पद्धतिअनुसार नौ विकेटले हराउँदै आइसिसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका थियो ।