काठमाडौँ । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरिया पुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् । उनी आजै दिउँसो पोखरा फर्कँदै छन् । राससको जिज्ञासामा उनले भने, ‘संविधानले...
कास्की । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। आज बिहान नगरबसले ठक्कर दिँदा स्कूटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो।पोखरा महानगरपालिका- ४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग ९ प ९९८९ नंको स्कूटरलाई पछाडिबाट ठक्कर दिएको थियो। कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ ।मन्त्रालयले देशका सबै मालपोत र नापी कार्यालयलाई कुशल राजस्व सङ्कलक र भूमि प्रशासनका सदाचारयुक्त संस्थाको प्रतिविम्ब झल्कने गरी कार्यसम्पादन गर्न सुझाव दिएको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीप्रति...
काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो ।सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा(एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले)बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद...
काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको पाँचौँ चरण अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । खेल दिउँसो २:३० बजेदेखि सुरु हुनेछ ।चर्च ब्वाइज ४ खेलमा १० अङ्क जोडेर दोस्रो स्थानमा छ । मच्छिन्द्र...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका छन् । विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने सामाजिक सञ्जाल फेसबुकबाट उनले घोषणा गरेका हुन् ।उनेले लेखेका छन्, ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ। बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो । तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।राष्ट्रपति निर्वाचनमा रास्वापाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो । शुक्रबार १० बजेदेखि ३ बजेसम्म...
काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । उपराष्ट्रपति निर्वाचनमा नेकपा(एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा...
धानको पकेट क्षेत्रको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ मा चैतेधान रोप्दै महिला । जिल्लामा धानको पकेट क्षेत्र बिस्तारसँगै चैतेधान खेतीमा वृद्धि भएको छ । तस्बिर: टेकराज पोखरेल/रासस
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ ।स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४...










