Monday, September 28, 2026
Home राजनीति ‘मौका आउनासाथ साथ छाड्ने र ‘पार्टनर’ बदल्नेले विश्वासको मत लिए पनि विश्वास...

‘मौका आउनासाथ साथ छाड्ने र ‘पार्टनर’ बदल्नेले विश्वासको मत लिए पनि विश्वास कसरी होला’

49

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले दुई महिनामा दुईपटक विश्वासको मत लिनुपर्ने बाध्यताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को छवि प्रष्ट भएको बताएका छन्।मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखी रिजालले ‘मौका आउनासाथ साथ छाड्ने र ‘पार्टनर’ बदल्नेले महिना–महिनामै विश्वासको मत लिए पनि विश्वास कसरी होला’ भनी प्रश्न गरेका छन्। ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनेलाई नै त्रास छ’, उनले लेखेका छन्,‘यस मानिसले कति बेला साथ छाड्छ!चुनाव कांग्रेससँग मिलेर लड्ने, प्रधानमन्त्री एमालेसँग मिलेर हुने अनि विश्वासको मत चाहिँ कांग्रेस–रास्वपासँग मिलेर लिने भन्दै उनले प्रचण्डप्रति कटाक्ष गरेका छन्। ‘यति ‘डाइनामिक’ नेता संसारमा कमै भेटिन्छन् होला’, उनले लेखेका छन्।