Friday, October 9, 2026
Home शिक्षा दरबार हाइस्कुलमा बहुभाषिक कवि गोष्ठी

दरबार हाइस्कुलमा बहुभाषिक कवि गोष्ठी

47

काठमाडौं : बालसिर्जना मञ्च, नेपालले विश्व कविता दिवसको अवसरमा बहुभाषिक कविगोष्ठी एवं रचना वाचन कार्यक्रम आयोजना गरेको छ।मंगलवार दरबार हाइस्कुलमा युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालयको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना भएको हो। साहित्यकार हरि खनालले यस्तै कविता गोष्ठी कार्यक्रममार्फत नै सबै भाषाभाषीलाई एकै ठाउँमा उभ्याउने काम भएको बताए। विभिन्न भाषाभाषीको कविताको माध्यमबाट भाषालाई अझै स्तरीय बन्ने पनि उनले बताए। उक्त कार्यक्रममा वाम्बुले राई, तामाङ, नेपाल, नेपाली भाषा, भोजपुरी भाषा लगायत ५४ वटा कविता वाचन गरिएका थिए।