Wednesday, May 6, 2026
Home Blog Page 387
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएर विरोध गरिएको छ ।सोमबार ओखलढुङ्गाको कार्यक्रममा जानेक्रममा मुख्यमन्त्री कार्कीलाई नेपाल आदिवासी जनजाति महासङ्घ र किराँत राई यायोक्खाले कोशी प्रदेश खारेजीको माग गर्दै कालो झण्डा देखाएर विरोध गरेको हो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अब पनि राजनीतिक पार्टी असफल भए युवाको आशा र भरोसा गुम्न सक्ने परिस्थिति आउने उल्लेख गरे ।उनले भने, ‘हामीले जनविश्वासलाई टुट्न नदिने प्रण...
काठमाडौँ । जसपा सांसद प्रदीप यादवले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । उनले राष्ट्र बैंक स्वतन्त्र नेतृत्व नहुँदा समस्या आएको बताएका हुन् । सांसद यादवले राष्ट्र बैंक नै गैर जिम्मेवार हुने अवस्थाले देशलाई दुर्घटना उन्मुख गरेको बताए ।उनले भने, ‘सभामुख महोदय, देशको अर्थतन्त्रलाई ट्र्याकमा हिँडाउने काम राष्ट्र बैकको हो । यसले ठिकसँग काम गर्न सके मात्र अर्थतन्त्र ठिक बाटोमा...
वीरगञ्ज । हतकडीसहित भागेका ज्यान मार्ने उद्योगका एक जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हतकडीसहित भागेका प्रतिवादी बाराको पचरौता नगरपालिका–८ बाजोपटी टोल बस्ने ३६ वर्षीय अंसिकलाल यादवलाई पक्राउ गरेको हो।पक्राउ परेका यादवसहित ६ जनाले गत कार्तिक १९ गते आफ्नै टोलका कपिलदेव यादव,गोपाल यादव र दुगान्धीदेवीलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको प्रहरीको भनाइ छ। सोही मुद्दामा फरार रहँदै...
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० दलीय गठबन्धन पाँच वर्षसम्म टिक्ने ठोकुवा गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै नेपालले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्।उनले भने, ‘फेरी अर्को वैशाखमा विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन ? म अस्वभाविक ठान्दिनँ। तर, त्यो अवस्था...
मंङ्गलबारे । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ। गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो।चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ। पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ। चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन्। यस सिजनको चियामा पानीको मात्रा कम हुने...
काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा सोमबार १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ ।दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा भने बढेर बन्द भएको हो । बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको टिप्पणी गरेका छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन्। उनले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको बताए। उनले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई सनक चलेको बेला संसद विघटन गर्ने जनादेश नभएको बताएका छन् । उनले ५ वर्षसम्म संसद सञ्चालन गरेर देशका समस्याहरू सहमतिका आधारमा हल गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको प्रस्ताव गरेको बताए ।माओवादी सचिवले विष्णु पौडेलको नाम नलिई उनले त्यसको जवाफ समेत दिएका छन् । उनले भने, ‘दुई पटकसम्म संसद विघटन भयो...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२ दशमलव ०२ प्रतिशत हो ।विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबर राजस्व...