प्रहरीले लेख्यो सांसद कोइरीलाई पक्रन सहयोग माग्दै संसदलाई पत्र

25

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन सहयोग माग्दै प्रहरीले संसद सचिवालयमा पत्र लेखेको छ। योसँगै उनी कोइरी निलम्बनमा पर्ने भएका छन्। प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र आएको पुष्टि गरे।यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस पहिलो हप्ता कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।

जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकामा उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते थुनामा राख्न आदेश दिएको थियो। तर त्यसपछि महतो फरार रहेको प्रहरीले जनाएको छ। २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन छ।

तर त्यसपछि महतो फरार रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका कानुन शाखाका प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले संघीय संसद सचिवालयलाई लेखेको पत्रमा ‘निज लक्ष्मी महतो मुद्दाको पुर्पक्षका लागि थुनामा बसी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा सो कार्य नगरी तारेख गुजारी हालसम्म पनि फरार रहेको तथ्य महोत्तरी जिल्ला अदालतबाट प्राप्त पत्रबाट देखिएको भनिएको छ।’

प्रहरीले पहिलो पटक संघीय संसद सचिवालयलाई लेखेको पत्रमा कोइरी फरार रहेको जानकारी मात्रै थियो।यसपटक फरार रहेको जानकारीका साथै पक्राउ गर्न सहयोगका लागि समेत संसद सचिवालयलाई आग्रह गरिएको छ। जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकामा उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते थुनामा राख्न आदेश दिएको थियो ।