अब मौलाकालीमा पनि केबलकार

43

काठमाडौं । नवलपुरको गैंडाकोटमा बनेको मौलाकाली केबलका सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान १० बजे केबलकार उद्घाटन गर्ने कार्यक्रम छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गते नै सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन भने भएको थिएन।

यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा ९गान्डोला० छन्। एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ। फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ। मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ। बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको समूहका अध्यक्ष चन्द्र ढकालले बताए।

मौलाकालिका प्रसिद्ध मन्दिर हो। यो क्षेत्र नेपालकै केन्द्रमा छ। हाम्रो योजना सातै प्रदेशमा केबलकार बनाउने हो। त्यसैअन्तर्गत यहाँ केबलकार निर्माण गरेका हौं, ढकालले भने, यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने छ। यो केबलकार १३ महिनाअघि मात्र बनाउन थालिएको थियो।

यसको माथिल्लो स्टेसनमा चारतारे होटल पनि बन्दैछ। अब पाँचरछ महिनासम्म होटल पनि तयार हुने ढकाल बताउँछन्। होटलमा ६० कोठा, बैंक्वेट हल र रेस्टुरेन्ट बनाउने योजना छ। दुई अर्ब रूपैयाँमा होटलसहित सबै पूर्वाधार बनाउने गर्ने योजना रहेको उनले बताए।