हाम्रो आन्दोलन कमजोर भएको छैन …. कुमार लिङ्देन

33

विराटनगर : कुनै समय स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलकको पूर्वी भागलाई कार्यक्षेत्र बनाएर संगठित लिम्बुवान पार्टीको आन्दोलनले सडक मात्रै होइन सदनसम्म राप फैलाएको थियो। लिम्बुवानी नेताहरू सडकमा उत्रिएर भाषण गर्दैगर्दा सिंहदरबार हलिन्छ भन्ने विविध किस्सा जानकारहरूबाट नै सुन्न पाइन्थ्यो। तर, ती उत्कर्षमा पुगेका आन्दोलन व्यक्तिगत स्वार्थका लागि नेतृत्व टक्करले लिम्बुवान पार्टी एकाएक छिन्नविन्न अवस्थामा पुगेको छ।फुटको छिटाले केही समय शून्य रहेका ती पार्टी पछिल्लो समय प्रदेश १ ले कोशी नाम पाएसँगै बिउतिए पनि पुनः फुटको चेपुवामा पुगेको छ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन भएर नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएको छ। धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवाद उत्कर्ष पुगेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अध्यक्ष कुमार लिङ्देनलाई कारबाही गर्दै रञ्जीता श्रेष्ठ अध्यक्ष रहेको उन्मुक्ति पार्टीसँग एकता गरेको हो। सोमबार विराटनगरमा ओयोजित एकता कार्यक्रममा लिङ्देनलाई कारबाही गरेपछि अध्यक्ष घोषित भएका मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोङसहितका नेता तथा कार्यकर्ताहरूले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरेका हुन्। पहिचान पक्षधरको बृहत् शक्ति निर्माण गर्न आफूहरूले पार्टी एकीकरण गरेको ज्ञानबहादुर गुरुङले बताएका थिए।