सरकारले हतियार खरिद प्रकरण मन्त्रिपरिषदमा नआएको स्पष्टीकरण सञ्चारमन्त्री रेखारण

22

काठमाडौं : सरकारले हतियार खरिद प्रकरण मन्त्रिपरिषदमा नआएको स्पष्टीकरण दिएको छ। बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले नेपाली सेनाले खरिद गर्ने हतियारको विषयमा रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव नआएको स्पष्ट पारेकी हुन्।केही सञ्चारमाध्यमहरूमा नेपाली सेनाले चीनबाट ६ अर्बको हतियार खरिद गर्ने तयारी गरेको विषय बाहिरिएको थियो।

सञ्चारकर्मीहरूले हतियार खरिदका विषयमा सरकारको धारणा के हो? भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यस्तो प्रस्ताव मन्त्रिपरिषदमा आएको छैन। त्यसकारण यो विषयमा निर्णय भएको छैन। यो प्रस्ताव नै नआएकाले यसबारे छलफल के नै हुने भयो र? यी विषय नीति नियमभित्र रहेर गर्ने कुराहरू हुन्।’प्रवक्ता शर्माले चीनसँगको हतियार प्रकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कुनै असर नगर्ने बताइन्। चीनबाट हतियार खरिद गर्दा प्रधानमन्त्रीको भारत भ्रमण प्रभावित हुँदैन? भन्ने प्रश्नमा उनले भनिन्, ‘हतियार खरिदलाई लिएर प्रधानमन्त्रीको भारत भ्रमण प्रभावित हुँदैन। प्रधानमन्त्रीको भारत भ्रमणको विषय र यसलाई जोड्न आवश्यक छैन।’