Thursday, April 30, 2026
Home Blog Page 333
भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण वडा नं. २ मा विपद जोखिम सम्बन्धी नमुना अभ्यास सम्पन्न कार्यक्रम सम्पन्न भएको छ । आयोजक चागुँनारायण नगरपालिका वडा नं २, डीसीए नेपाल र आईसेट नेपालको आर्थिक सहयोग तथा सशस्त्रप्रहरी बल नेपाल नं २० गण हेडक्वाटर (विपद उद्धार शाखा) सिनामँगल, काठमाँडौको प्राविधिक सहयोगमा उक्त कार्यक्रम मित्रश्री पाठशालमा समापन भएको हो ।”प्रज्ञा समुदाय लक्षित विपद...
एजेन्सी : हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ। हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएका हुन्।उनले बढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताएका छन्। गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा...
काठमाडौं : सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आव २०८० ०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरिएको हो। नीति तथा कार्यक्रममा विक्रम संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका...
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले आज शनिबारदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रबार विज्ञप्ति निकालेर बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन्। संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको भन्दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको...
काठमाडौं : रौतहट गौर नगरपालिका–७ सिसवा टोलमा एक पुरुषको हत्या भएको छ। राति १० बजेतिर घर नजिकै बसिरहेका ४५ वर्षीय यार महम्मद खानको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिए।मानसिक सन्तुलन ठिक नभएका छिमेकी शेख साविरले कुर्ची भाँच्न थालेपछि रोक्न खोज्दा हातमा रहेको चक्कु खानको छातीमा प्रहार गरेका थिए। छुरा प्रहारबाट...
इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतंकवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ। मिजानका अनुसार सन् २०२२ को नोभेम्बर १६ मा शहरको खाने एस्फाहान क्षेत्रमा उनीहरूले गरेको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। मिजानले भनेको छ, ‘अभियुक्तहरूलाई मुख्यतया ‘ईश्वरविरुद्ध युद्ध’ को आरोप लगाइएको थियो,...
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान मस्यौदा समितिको बैठक जारी छ। जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शनिबार बिहानदेखि समितिको बैठक जारी रहेको जानकारी दिए। उनका अनुसार बैठकमा विधानको प्रारम्भिक मस्यौदा उपर विभिन्न पार्टी समिति र संगठनहरूबाट प्राप्त सुझावमाथि केन्द्रित छ। ​जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधि रहनेछन्। जसपाले आगामी असार ९,...
पत्रकारले पारदर्शिताका साथ सकारात्मक समाचार दिनुपर्छ: एसपी सिंह बघेलसरकार र पत्रकार मिलेर लोकतन्त्र बलियो हुन्छ : ब्रजेश पाठकअफगानिस्तानका पत्रकारहरूले धेरै समस्याको सामना गरिरहेका छन : राजु लामाआगरा ।  उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको बताएका छन् ।  "सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ,"  उनको भनाई...
भक्तपुर । भक्तपुरमा दोस्रो बागमती प्रदेश खेलकुद–२०७९ प्रतियोगितामा भाग लिन  जाने खेलाडीहरुको बिदाई गरिएको छ । शुक्रबार  एक समारोहबीच  भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विभिन्न खेलमा भाग लिन हेटौंडा जाने खेलाडीहरुलाई पोशाक सहित बिदाई गरेका हुन ।‘प्रतियागिताबाट कराते, तेक्वाण्डो, एथलेष्टिक, बक्सिङ्, आईटी.एफ तेक्वाण्डो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, व्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनौट गरिने छ,’...
भक्तपुरमा दोश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता सम्पन्न भएको छ  । ३० औ मदन स्मृति सन्दर्भमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा ख्वप फुटसलमा भएको दुई दिने प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको हो । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार विजेतालाई नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल वितरण गरेका छन् ।सो अवसरमा नगर प्रमुख...