Monday, September 21, 2026
Home खेलकुद मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न

मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न

203

भक्तपुरमा दोश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता सम्पन्न भएको छ  । ३० औ मदन स्मृति सन्दर्भमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा ख्वप फुटसलमा भएको दुई दिने प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको हो । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार विजेतालाई नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल वितरण गरेका छन् ।

सो अवसरमा नगर प्रमुख थापाले खेलकुदको क्षेत्रबाट नगरपालिकाको मात्र नभई राष्ट्रकै नाम र शान बढाउन सक्ने गरि दक्ष जनशक्तिको उत्पादन हुने बताए । उनले भने खेलकुदको विकासकालागि विगतमा पनि नगरपालिकाले सहयोग गर्दै आएको र भबिष्यमा पनि सहयोग गरिरहेको गर्नेछ । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी खेलाडीहरुलाई शुभकामना दिएका छन् ।

उक्त प्रतियोगिताको खुल्ला ५५ केजी मुनी एलीस बम्मजन प्रथम, सन्जेश तामागं द्वितीय, विवेक घिमिरे तृतीय र रविन तामाङले सान्त्वान स्थान हासिल गरेका छन् । ५५ केजी मुनी महिला खुल्लातर्फ मञ्जु विक प्रथम, अनुजा नेपाली द्वितीय, रिना माझी तृतीय, प्रतिक चन्द सान्त्वान पुरस्कार पा्ए। ५५ केजी मुनी पुरुष खुल्ला तर्फ विनय सिंह प्रथम, विक्रम मोक्तान द्धितीय, सनी सिंह तृतीय र सन्देश मानन्धर सान्त्वना भए । आयोजक संस्थाकी केन्द्रिय सदस्य सुमित्रा थापाका अनुसार प्रथम, दोस्रो, तस्रो र सान्त्वना हुनेलाई क्रमश ५०, २५, १५ र १० हजार नगद पुरस्कार साथै प्रमाणपत्र, शिल्ड प्रदान गरिएको छ ।