Thursday, April 30, 2026
Home Blog Page 334
वीरगञ्ज – पर्साको वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९-८० को १० महिनामा रु ३६ करोड ६१ राजस्व सङ्कलन गरेको छ। मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गरेको हो।महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णका अनुसार चालु आवमा सम्पत्ति करबाट रु १४ करोड एक लाख, घरबहाल करबाट रु पाँच करोड ५७ लाख, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट...
काठमाडौँ : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले काँग्रेस शहरकेन्द्रित भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यादवले चिन्ता व्यक्त गरेका हुन्। उनले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुरा बुझ्ने चलन भए पनि अहिले बिस्तारै हराउँदै गएको दाबी गरे।उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य...
काठमाडौं : नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरूले बताएका छन्। उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अंगलाई असर गर्ने जनाउँदै उनीहरूले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका हुन्। चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा श्यामराज रेग्मीले समय समयमा शारीरिक परीक्षण र नियमित औषधि सेवन गरे उच्च रक्तचापले समस्या...
महोत्तरी : महोत्तरीको गौशाला नगरपालिकाका छ जना किशोर किशोरी बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले जेठ १ गते घरबाट निस्केका गौशाला नगरपालिकाका दुई किशोर र चार किशोरी सम्पर्कविहीन भएको जनाएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रकाश मल्लले गौशाला नगरपालिका–४ का १५ वर्षीया पुजा सदा, १३ वर्षीया विमला सदा, १८ वर्षीया संगीता सदा, १७ वर्षीया रिता...
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्।पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरिन्। उद्यानमा उनले स्वामीको बिरुवा रोपिन्। पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत बिरुवा रोपे। यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक...
काठमाडौं : टीकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन्। मंगलबार सर्वोच्चले आफूलाई जन्मकैदको फैसला सुनाएपछि बुधबार विज्ञप्ति जारी गर्दै नेता चौधरीले अदालतले गरेको फैसलामा आफूलाई न्यायिक नभए पनि स्विकार्नुको विकल्प नरहेको बताएका हुन्।‘जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ तर...
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म...
तेस्रो मुलुक जान नचाहेका र विभिन्न कारणले छुटेका शरणार्थी अहिले पनि शिविरमै छन्। आफ्नो मुलुकबाट लखेटिएका सक्कली शरणार्थी अहिले नक्कली शरणार्थी प्रकरण बाहिरिएपछि थप त्रास र तनावमा छन्। विराटनगरः तेस्रो मुलुक पुनर्वासमा जान नमानेका र हालसम्म शिविरमै रहेका भुटानी शरणार्थी भने यो प्रकरण बाहिरिएसँगै तनावमा छन्। शारीरिक तथा मानसिक यातना खेपेर आफ्नो भूमि छाड्न बाध्य भएका भुटानीलाई आफ्नै देश...
काठमाडौँ । जापानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि...
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको कोही पनि व्यक्तिलाई जोगाउने गरी पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरुपयोग गर्न नमिल्ने बताएका छन् । उनले पार्टीले शरणार्थी प्रकरण मात्रै नभएर कुनै भ्रष्टाचारमा मुछिएर अनुसन्धानको घेरामा परेको व्यक्ति पार्टीबाट स्वत: निलम्बन हुने र निर्दोष सावित नभएको अवस्थासम्म पार्टीको जिम्मेवारीमा नरहने दाबी गरेका छन्...