बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडीको बिदाई

136

भक्तपुर । भक्तपुरमा दोस्रो बागमती प्रदेश खेलकुद–२०७९ प्रतियोगितामा भाग लिन  जाने खेलाडीहरुको बिदाई गरिएको छ । शुक्रबार  एक समारोहबीच  भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विभिन्न खेलमा भाग लिन हेटौंडा जाने खेलाडीहरुलाई पोशाक सहित बिदाई गरेका हुन ।

‘प्रतियागिताबाट कराते, तेक्वाण्डो, एथलेष्टिक, बक्सिङ्, आईटी.एफ तेक्वाण्डो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, व्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनौट गरिने छ,’ थापाले भने ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थापाले खेलाडीहरुलाई  अनुशासनमा रहेर खेल खेल्दै भक्तपुरको नाम उच्च राख्न शुभकामना दिएका छन्  । दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता -२०७९, जेठ ७-१३ गतेसम्म संचालक हुनेछ ।  विभिन्न १३ प्रकारका खेलमा भक्तपुरबाट पुरुष १४३, महिला खेलाडी १२१  र प्रशिक्षक १६ जना गरेर २९२ जना सहभागी हुने अध्यक्ष थापाले जानकारी दिएका छन ।