मित्रश्री पाठशालामा विपद जोखिम न्यूनिकरण सम्बन्धी नमुना अभ्यास सम्पन्न

167

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण वडा नं. २ मा विपद जोखिम सम्बन्धी नमुना अभ्यास सम्पन्न कार्यक्रम सम्पन्न भएको छ । आयोजक चागुँनारायण नगरपालिका वडा नं २, डीसीए नेपाल र आईसेट नेपालको आर्थिक सहयोग तथा सशस्त्रप्रहरी बल नेपाल नं २० गण हेडक्वाटर (विपद उद्धार शाखा) सिनामँगल, काठमाँडौको प्राविधिक सहयोगमा उक्त कार्यक्रम मित्रश्री पाठशालमा समापन भएको हो ।

”प्रज्ञा समुदाय लक्षित विपद व्यवस्थापन अन्तरगत आगलागी जोखिम न्युनीकरण तथा भुकम्पीय सुरक्षा सम्बन्धी नमुना अभ्यास कार्यक्रम“ भएको मित्रश्री पाठशालाका प्रार्चाय दीपक विष्टले जानकारी दिएका छन् ।

शहरी विपद जोखिम व्यवस्थापन अन्तरगत विपद पुर्व तयारीकालागि विद्यालय तथा समुदाय स्तरीय सचेतना मुलक कार्यक्रम मार्फत ज्ञान, सीप र दक्षता व्यवहारिक रुपमा अभिवृद्धि गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक केशव मलाशीले बताए ।

प्रज्ञा आर्दश समाजका अध्यक्ष नवराज काप्mले द्धारा सहजीकरण गरिएको उक्त कार्यक्रममा सशस्त्रप्रहरी बल नेपाल नं २० गण हेडक्वाटर (विपद उद्धार शाखा)को तर्फबाट प्रहरी निरिक्षक (ईन्सपेक्टर)किशन के.सीको नेत्तृत्वमा आएको प्राविधिक टोलीले नमुना अभ्यास कार्यक्रम गरेको थियो । उक्त टोलीले विशेषगरी खानापकाउने ग्यास सिलिण्डरका कारण शहरी क्षेत्रमा हुने आगलागीजन्य जोखिम न्युनीकरणका पुर्व सावधानीका उपायहरु सँगै सम्भावित आगलागी तथा भुकम्प जस्ता विपदका बेलामा अपनाउनुपर्ने विधिहरु फिल्ड अभ्यासमा प्रस्तुत भएको थियो ।

कार्यक्रममा उपस्थित विद्यार्थी तथा सर्वसाधरणले सो कार्यक्रम निकै फलदायी र जीवन उपयोगी सीपका रुपमा सिकिएको बताएका छन् । मित्रश्री पाठशालाका प्रार्चाय विष्टले विद्यार्थीहरुले किताबमा पढेको सैद्धान्तिक ज्ञानलाई कार्यक्रमले व्यवहारिक रुपमा सिकाउदा दीर्घकालिन हुने कुरा व्यक्त गरे ।

साथै आयोजकका तर्फबाट चागुँनारायण नगरपालिका वडा नं २ का वडाअध्यक्ष तथा कार्यक्रममा सभाअध्यक्ष सोम प्रसाद प्रधानले स्थानिय सरकारका तर्फबाट विपद उत्थानशील समाज निर्माणका लागि डीसीए नेपाल आईसेट नेपाल जस्तै विपदका क्षेत्र माक्रियाशील सरोकारवालानिकायहरुसँग सहकार्य, समन्वय र साझेदारी हुनुपर्ने बताए ।