Thursday, October 1, 2026
Home समाज मानसिक सन्तुलन ठिक नभएकाले गरे छिमेकीको हत्या

मानसिक सन्तुलन ठिक नभएकाले गरे छिमेकीको हत्या

40

काठमाडौं : रौतहट गौर नगरपालिका–७ सिसवा टोलमा एक पुरुषको हत्या भएको छ। राति १० बजेतिर घर नजिकै बसिरहेका ४५ वर्षीय यार महम्मद खानको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिए।मानसिक सन्तुलन ठिक नभएका छिमेकी शेख साविरले कुर्ची भाँच्न थालेपछि रोक्न खोज्दा हातमा रहेको चक्कु खानको छातीमा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका खानलाई प्रादेशिक अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। हत्यामा संलग्न साविर फरार छन् । उनको खोजी भइरहेको डीएसपी मल्ले जानकारी दिए।