धनकुटा : नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन्। नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा शनिबार बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन्। एमाले नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको नेता ज्ञवालीले बताए। संसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा...
काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्। उनलालाई आगामी मंगलबार अदालतमा उपस्थित हुन भनिएको छ। ट्रम्पले आफू निर्दोष रहेको उल्लेख गरेका छन्। अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा...
काठमाडौं : भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन्। भक्तपुर, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग निःशुल्क रगत उपलब्ध गराउनेबारे सम्झौता गरेपछि यहाँका बासिन्दाले रगत निःशुल्क पाउन थालेका हुन्।रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रगत निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुरभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने...
काठमाडौं : न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ।आयोगले सूचना जारी गर्दै आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, २ महिला, २ आदिवासी–जनजाति, २ मधेशी र १ दलित गरी २९ जनाका लागि दरखास्त आह्वान गरेको हो। विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्तका लागि...
तनहुँ : बाँदरले हैरान पार्न थालेपछि व्यास नगरपालिकाका किसानले वैकल्पिक बालीका रूपमा बेसार खेती थालेका छन्। बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि कृषि ज्ञान केन्द्र तनहुँले बेसार खेती प्रवर्धन गर्न लागेको हो। व्यास –८ सोतीबेँसीका २० कृषकले २०० रोपनी जग्गामा बेसार खेती शुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका...
काठमाडौं : एसिसी महिला टी– २० इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोलीमा सिता रानामगर, इन्दू बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झनाकुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, अप्सरी...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, नागरिता विधेयक, अखण्ड भारत, सर्वोच्च अदालतको पूर्णपाठ नआई रेशम चौधरीलाई आममाफी, ०८४ को चुनावको तयारी, केन्द्रीय सदस्यहरूको जिम्मेवारीलगायत समग्र सांगठनिक गतिविधिबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।...
काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित पक्राउ परेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याब टेक्निसियन (अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई ५० हजार रुपैयाँसहित शुक्रबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
भट्टराईले शंखमूलमा ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ।
काभ्रे : काठमाडौं विश्वविद्यालय (केयु)को २८औँ दीक्षान्त समारोह (दोस्रो चरण)बाट १ हजार २४० विद्यार्थी दीक्षित हुने भएका छन्। केयुका उपकुलपति प्राडा भोला थापाले बिहीबार पत्रकार सम्मेलानमार्फत दीक्षान्तमा विभिन्न विधाका ९ जना पीएचडी, ४१ जना एमफिल, स्नातकोत्तर तहका ९८ जना र स्नातक १ हजार ९२ जना सहित जम्मा १ हजार २४० जना विद्यार्थी दीक्षित हुने जानकारी दिए।उनका अनुसार २८ औँ...
काठमाडौं : बूढानीलकण्ठ स्कुलको भर्नामा चलखेल भएको पाइएको छ। पैसा र पावरको भरमा प्रवेश परीक्षा (इन्ट्रान्स)मा कम प्रतिशत ल्याउनेलाई भर्ना गरिएको छ भने धेरै प्रतिशत ल्याउनेलाई फेल गराइएको छ।
यस्तो अनियमितता भएको पाएपछि अभिभावकहरूले विद्यार्थी भर्ना चलखेलको छानबिन गरी सम्बन्धित संलग्न व्यक्तिहरूलाई कारबाही माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी हालेका छन्।
उजुरी परेपछि अनुसन्धान थालिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक...









