कास्की : पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ। पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले...
काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ल्याइएका दुई चिनियाँ जहाजको राहत सामग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। उक्त राहत सामग्री उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका हुन्। चीनले २६ करोड बराबरको बराबरको सामान हस्तान्तरण गरेको हो भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार...
काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जाजरकोट भूकम्पबाट थप महामारी फैलिन नदिन तत्काल घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गर्न सुझाव दिएको छ। आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुझाव दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलसहित बालुवाटारस्थित निवास पुगेका थिए।'भूकम्पमा घाइते भएका बाहेक...
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमवार) दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३० ले बढेर १ हजार ८४७ दशमलव ५४ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ३ दशमलव ३३ अङ्कले उकालो लागेर ३५५ दशमलव ७३ मा पुगेको छ। कारोबार भएका १३ वटै उपसमूहको...
काठमाडौँ : सरोकारवालाले जलवायु परिवर्तनको विषय राजनीतिक मुद्दा बनाउनुपर्ने माग गरेका छन्।
जलवायु परिवर्तनजन्य विपद्ले विभिन्न क्षेत्रमा ठूलो असर पुर्याए पनि राज्यको प्राथमिकतामा पर्न नसकेको भन्दै उनीहरूले यसलाई राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड दिएका हुन्।काठमाडौंमा आयोजित कार्यक्रममा गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराईले जलवायु परिवर्तनको मुद्दा जनता, राजनीतिक दल र सरकारको समेत प्राथमिकतामा पर्न नसकेको गुनासो गरे। उनले दिगो विकास र...
पर्वत : गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले मुख्यतः जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। भूकम्पको कारण यति बेला देश नै शोकमा परेको छ भने भूकम्प पीडितहरूलाई पुनर्स्थापना तथा औषधोपचारमा कठिनाइ भइरहेका समाचारहरू आइरहेका छन्। संघीय सरकारले आफ्नो भूमिका निर्वाह गरिरहेको बेलामा त्यो भने पर्याप्त छैन। कर्णाली प्रदेश सरकारले पनि उद्धार...
काठमाडौं : पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।
औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए। शनिबार दिउँसो पाटन अस्पतालमा भर्ना...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग बैठक बोलाएका हुन्। ाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले गरेको धनजनको क्षति र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । गत शुक्रवार हरामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका...
धेरै मात्रामा नुन वा चिनीको सेवनले स्वास्थ्यमा असर गर्छ। जुनसुकै उमेरमा पनि धेरै नुन र चिनीको सेवन गरिन्छ भन्ने यसले हानि नै गर्छ। नुन र चिनीको धेरै सेवन बालबालिकाका लागि पनि हानिकारक हुन्छ। यसको अत्याधिक सेवनले बालबालिकाको मिर्गाैला, दाँत र रोग प्रतिरोधात्मक क्षमता कम हुने जस्ता समस्या निम्त्याउन सक्छ। मदरहुड अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा मनिषा...
काठमाडौं : सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम आईडीमार्फत १९ लाख २५ हजार रुपैयाँ ठगी गर्ने २३ वर्षीय शिरीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार श्रेष्ठले विभिन्न अनलाइन आईडीबाट साथी बनाइ माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर, आइफोन, घडी, गरगहना, ल्यापटपलगायतका सामानहरू गिफ्ट पठाएको फोटो, भिडियो पठाइ विश्वास दिलाएर केही समयपश्चात् सोही पार्सल...










