Thursday, October 8, 2026
Home अपराध अनलाइनबाट लाखौँ ठग्ने एकजना पक्राउ

अनलाइनबाट लाखौँ ठग्ने एकजना पक्राउ

40
सांकेतिक तस्विर

काठमाडौं : सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम आईडीमार्फत १९ लाख २५ हजार रुपैयाँ ठगी गर्ने २३ वर्षीय शिरीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार श्रेष्ठले विभिन्न अनलाइन आईडीबाट साथी बनाइ माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर, आइफोन, घडी, गरगहना, ल्यापटपलगायतका सामानहरू गिफ्ट पठाएको फोटो, भिडियो पठाइ विश्वास दिलाएर केही समयपश्चात् सोही पार्सल टर्की विमानस्थल, काठमाडौँको अन्तरराष्ट्रिय विमानस्थललगायत देशका भन्सार कार्यालयहरूमा सामान आइपुगेको भन्दै सो पार्सल पाउन कष्टम चार्ज, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज जस्ता प्रयोजनमा रकम लिने गरेका थिए। विविध प्रयोजनमा उनले विभिन्न व्यक्तिहरूको नाममा रहेका बैङ्क खातामा १९ लाख २५ हजार रुपियाँ रकम पठाउन लगाइ स्थायी घर मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. १५ भई हाल काठमाडौँ बस्ने श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ।