चीनबाट आएको राहत सामग्री गृहमन्त्रीलाई हस्तान्तरण

69

काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ल्याइएका दुई चिनियाँ जहाजको राहत सामग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। उक्त राहत सामग्री उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका हुन्। चीनले २६ करोड बराबरको बराबरको सामान हस्तान्तरण गरेको हो भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। राहत सामग्री जिम्मा लिएसँगै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैँ साथ दिएको भन्दै चिनियाँ सरकारलाई धन्यवाद दिए। विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको बताइएको छ। ​ उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले पोखराबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुर्‍याउनेछ र सरकारले एकद्वार प्रणालीमार्फत पीडितहरूलाई वितरण गर्नेछ।