२१ अंकले बढ्यो नेप्से परिसूचक

59

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमवार) दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३० ले बढेर १ हजार ८४७ दशमलव ५४ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ३ दशमलव ३३ अङ्कले उकालो लागेर ३५५ दशमलव ७३ मा पुगेको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य आज बढेको छ। कूल ३५ लाख ५५ हजार ६७० कित्ता शेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँ मूल्यमा कारोबार भयो। कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ।सो कम्पनीको ६ करोड ४३ लाख २० हजार ९१० रुपैयाँ बराबरको कारोबार भयो।

सोनापुर मिनरल्स ५ करोड ६२ लाख ३ हजार ११६ रुपैयाँ, हाथवे इन्भेस्टमेन्ट ३ करोड ७८ लाख ३९ हजार ६६० रुपैयाँ, हिमालयन बैंक ३ करोड ५८ लाख ४८ हजार ७५० रुपैयाँ र मञ्जुश्री फाइनान्स २ करोड ३९ लाख ७२ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन्। नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट ९ दशमलव ९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ९ दशमलव ९३, आशा लघुवित्त ६ दशमलव १६, दिव्यश्वरी हाइड्रोपावर ५ दशमलव ८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतले कमाएका छन्। लक्ष्मी लघुवित्त ४ दशमलव २८, विन नेपाल लघुवित्त ३ दशमलव ९९, एनआईसी एशिया लघुवित्त ३ दशमलव ९१, एनआईसी एशिया ब्यालेन्स फण्ड ३ दशमलव शून्य १ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले २ दशमलव ४० प्रतिशतले गुमाएका छन्।