Thursday, October 8, 2026
Home समाज कारागारमा एक कैदीबन्दीको मृत्यु

कारागारमा एक कैदीबन्दीको मृत्यु

24
सांकेतिक तस्विर

सप्तरी : सप्तरीको राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ।
राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मंगलबार मृत्यु भएको कारागारका प्रमुख सदानन्द दासले जानकारी दिए।दासका अनुसार कैदी मण्डल खाना खाएपछि हातमुख धुन ट्युबवेलमा जाँदाअचानक लडेपछि उनलाई उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको उनको भनाइ छ। ०७९ कात्तिक १६ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका कैदी मण्डल केही समयदेखि दम रोगबाट पीडित थिए।