Saturday, October 17, 2026
Home राजनीति एमालेको केन्द्रीय कमिटी आज

एमालेको केन्द्रीय कमिटी आज

26

काठमाडौं : नेकपा एमालेले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको गौतमले बताए। एमालेले यही मङ्सिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दैछ।