Thursday, April 30, 2026
Home Blog Page 242
काठमाडौं : नेकपा एमालेले ११ दिन देखि जारी मध्यपहाडी यात्रा आजबाट पूर्वी नेपालतर्फ प्रस्थान गर्नेछ। ​सदुरपश्चिमको बैतडी झुुलाघाटबाट सुरु भएको यात्रा गएराति नुवाकोट पुगेको छ। नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो।ार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आज नुवाकोटको बट्टारबाट अघि बढेको टोलीले बाहुनेपाटीमा बिहानको खाना खाने, छहरेमा भेटघाट र मण्डन, कुन्तावेसीमा आमसभा गर्ने तयारी छ। आजको...
काठमाडौं- नेपालमा दैनिक १ जनालाई एचआइभी एड्स संक्रमण हुने गरेको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार वयस्क जनसंख्यामा ०.११ प्रतिशत संक्रमण दर रहेको छ। सन् २०२२ को अन्त्यसम्म नेपालमा ३० हजार व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान छ। नेपालमा सन् २०२२ मा मात्रै ३ सय ४४ व्यक्तिहरुको एड्सका कारण निधन भएको तथ्यांकमा उल्लेख छ।...
काठमाडौं : सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ। आजज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्। समितिलाई उक्त प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश...
झापा : कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ। ६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन्। इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ। भारतले समयमै चियाको मूल्य निर्धारण...
रूसी सेनामा पठाएर ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेका १२ जनालाई सार्वजनिक गरेको छ। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्‍वकर्मा, काठमाडौं बस्ने सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, बूढानीलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिराहाका १९ वर्षीय...
सत्तारूढ र प्रतिपक्षी दलका दर्जन बढी सांसदले निजी लगानीमा खुलेका विद्यालयलाई सार्वजनिक शैक्षिक गुठीमा लैजान प्रस्ताव गरेका छन्। उनीहरूले निजी विद्यालयलाई सार्वजनिक गुठी अन्तर्गत ल्याउन शिक्षा विधेयकमाथि संशोधन दर्ता गराएका हुन्। संशोधन दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरू छन्। उनीहरूले दर्ता गराएका संशोधन केके छन् भनेर हेर्नुअघि...
काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौंको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ। प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले...
काठमाडौं : उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरुसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताइन्। उनले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताइन्।...
सुर्खेत : सल्यानको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। गएराति अन्दाजी ४५ वर्षका डम्मर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बुधवार बिहान डम्मर आफैँले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी कार्यालय पुगेको प्रहरी जवान दिलबहादुर महताराले जानकारी दिए। ‘हिजो...
काभ्रेपलाञ्चोक : इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा १६५० किलो चिनी बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलका...