एमालेको मध्यपहाडी यात्रा आज धुलिखेल आइपुग्ने

32

काठमाडौं : नेकपा एमालेले ११ दिन देखि जारी मध्यपहाडी यात्रा आजबाट पूर्वी नेपालतर्फ प्रस्थान गर्नेछ। ​सदुरपश्चिमको बैतडी झुुलाघाटबाट सुरु भएको यात्रा गएराति नुवाकोट पुगेको छ। नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो।ार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आज नुवाकोटको बट्टारबाट अघि बढेको टोलीले बाहुनेपाटीमा बिहानको खाना खाने, छहरेमा भेटघाट र मण्डन, कुन्तावेसीमा आमसभा गर्ने तयारी छ। आजको बासस्थान काभ्रेको धुलिखेलमा हुने प्रमुख गौतमले जानकारी दिए। आजको यात्रा ८२ किलोमिटर हुनेछ ।सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नाराका साथ मंसिर १४ गतेबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिने छ। यस यात्रा मार्फत एमालेले मध्यपहाडको जनजीवनका समस्या,विकास निर्माणको अवस्था,बढ्दो बसाँइसराइ व्यवस्थापन आदिका बारेमा छलफल चलाइरहेको छ।