दुबईमा मन्त्री थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख

25

काठमाडौं : उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरुसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताइन्। उनले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताइन्। उनले युवाहरुलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने बताइन्। उनले भनिन्, ‘हाम्रो हरेक कुरामा पारदर्शिता हुनुपर्छ। युवाहरुलाई उद्यमी हुनका लागि त्यस्तै सरकारले विधेयकहरु बनाउनुपर्छ। सहज बनाइदिनुपर्छ। साथै पारदर्शिता पनि हुनुपर्छ। तपाईहरु कोको गएर आउनुभयो, कोप २८ मा? क्लाइमेट चेन्जमा धेरैजना जानुभएको छ। क्लाइमेट चेन्ज दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन।’उपसभामुख रानाले हरेक कुरामा पारदर्शिता हुन जरुरी रहेको बताइन्।