छैटौँ राष्ट्रिय झन्डा दिवस मनाउदै

43

काठमाडौं : छैटौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झन्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍यालीसमेत निकालेको थियो। २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झन्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।