Monday, September 28, 2026
Home राजनीति ‘नेपालीले विदेशबाट भोट हाल्न पाए मात्र दलहरूले उनीहरूका कुरा सुन्छन्’

‘नेपालीले विदेशबाट भोट हाल्न पाए मात्र दलहरूले उनीहरूका कुरा सुन्छन्’

70

काठमाडौं : वैदेशिक रोजगारीमा गएका श्रमीकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन्। सोमवार ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक बहसमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन्।उनीहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमीकका मुद्दामा बोल्न शुरु गर्ने बताए। कार्यक्रममा बोल्दै ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरुले उनीहरुका मुद्दा सुन्ने बताए।उनले वैदेशिक रोजगारीमा गएका श्रमीकहरुले पठाएको रेमिट्यान्स सही ठाउँमा प्रयोग हुन नसकेको बताए।उनले भने, ‘वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिनुपर्छ। किनभने कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने राजनीतिक पार्टीहरुले उहाँहरु का मुद्दामा बोल्न थाल्नुहुन्छ। जब मत खाडी मुलुकबाट आउन थाल्छ, त्यसपछि उहाँहरुका मुद्दाले ठाउँ पाउँछ। वैदेशिक रोजगारीमा गएका जति पनि श्रमीक छन्, ति श्रमीकहरुले पठाएको रेमिट्यान्सको सही सदुपयोग भएको छैन। त्यसलाई उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्छ, राज्यले त्यस्तो पोलिसि निर्माण गर्नुपर्छ। ३० लाख भन्दा बढी श्रमीक गएर जुन रेमिट्यान्स यहाँ भित्रिन्छ, त्यो भन्दा बढी गैरभारतीय श्रमीकहरु यहाँ काम गरेर उहाँहरुले त्योभन्दा ठूलो रेमिटेन्स बाहिर लैजानुहुँदो रहेछ। रोजगारीमा जाने श्रमीकहरुलाई सीप दिनुपर्छ।’ ार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमीकलाई सीपयुक्त बनाएर पठाउनसके थोरै संख्यामा गएर धेरै रेमिट्यान्स आउने बताए।