Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय चीनद्वारा व्यावसायिक वाहक रकेट प्रक्षेपण

चीनद्वारा व्यावसायिक वाहक रकेट प्रक्षेपण

44

चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ। आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो। स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो। यो एसक्युएक्स—१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिसन हो।