Home Blog Page 231
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ नं. वडामा रहेको केदारनाथको सिर डोलेश्वर मन्दीरमा भारतको महाराष्ट्रको एक संस्थाले भागवत कथा ज्ञान महायज्ञ लगाएको छ । केदार नाथको सिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार डोलेश्वर मन्दीमा पहिलो पटक बिदेशी संंस्थाले महायज्ञको कार्यक्रम सञ्चालन गरेका हुन । बिकास समितिका अध्यक्ष बस्नेतका अनुृसार चैतन्य सेवा आश्रम महाराष्ट्र, श्रीकृष्ण...
चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी भएका छन् ।संघको ५७औं साधारण तथा अधिवेशनमा भएको निर्वाचनमा श्रेष्ठले १५१५ ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत ल्याए ।यस्तैं, संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी १२२२ मतका साथ विजयी हुँदा अर्का उम्मेदवार राजन पिया ११११ मत ल्याएर पराजित भए । उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र...
काठमाडौं । उत्सव ढुंगाना नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धकमा नियुक्त भएका छन् । सोमबार क्यानले ढुंगानालाई महाप्रबन्धक नियुक्त गरेको हो । एक महिनाअघि आह्वान गरेको दर्खास्त अनुसार ढुंगाना नियुक्त भएका हुन् । यो नेपाली क्रिकेटको व्यवस्थापनसम्बन्धी उच्च पद हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलसहितको छनोट समितिले ढुंगानालाई महाप्रबन्धक छनोट...
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औं केन्द्रिय महाधिवेशन आजबाट सुरु हुदैं छ । चितवनको भरतपुरमा पुसको आज र भोली २५ गतेसम्म चल्ने महाधिवेशनले नयाँ कार्यससमिती समेत चयन गर्नेछ । केन्द्रिय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सदस्यलगायतका पदमा धेरैले उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । उक्त महाधिवेशनमा संघको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका सादुराम ढकाल ''आशिष''को पक्षमा...
काठमाडौ । सात वर्षयता वितरण गरिएका करिब ४० लाख स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमतिपत्र) मध्ये ७३ हजार ५८४ वटा शंकास्पद देखिएका छन्। तीमध्ये ३० हजार लाइसेन्स लिखित परीक्षा र ट्रायल उत्तीर्ण नगरेकालाई वितरण गरेको बताइएको छ।सो विषयमा छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको एउटा छुट्टै अध्ययन समितिले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। मन्त्रालय स्रोतका अनुसार ७३...
काठमाडौँ – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका छ वटा पदमा उठाउने उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकले ६ जना उम्मेदवारहरु टुंगो लगाएको हो ।बैठकले चम्पादेवी कार्की, श्रीकृष्णप्रसाद अधिकारी, मनरूपा शर्मा सुवेदी, झक्कुप्रसाद सुवेदी, विष्णु विक र रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।रिक्त हुने १९ सीटको...
राष्ट्रिय सभा निर्वाचन: एमालेले टुंगो लगायो उम्मेदवारको नामावली (सूची सहित)काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभाको उम्मेदवारको नामावली टुंगो लगाएको छ ।  एमालेले आज १९ वटै पदका लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन...
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवारको टुङ्गो लगाएको छ । मध्यरातमा नेताहरूबिच सहमती जुटेको हो । कोशीबाट कृष्णप्रसाद सिटौला चुनाव लड्ने भएका छन् ।सूची१.कृष्ण प्रसाद सिटौला २. आनन्द प्रसाद ढुंगाना ३.बिष्णु देबि पुडासैनी ४. जित जंग बस्नेत ५. किरण बहादुर श्रेष्ठ ६.पदम परियार ! ७.बिस्न कुमार सापकोटा ८.कृष्ण बहादुर रोकाय ९.नारायण दत्त भट्ट १०.बलदेब बोहरा !
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले विगतको संसदीय समिति गठनको पृष्ठभूमिलाई दृष्टिगोचर गर्ने हो भने मुलुकको प्रमुख प्रतिपक्षी दल रास्वपा भएको दावी गरेका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा उनले भने,“जसरी प्रतिनिधिसभाको संसदीय समितिको गठन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राप्रपा र सत्तागठबन्धन पार्टीलगायतले संसदीय समितिमा आफ्नो सहभागिता जनाए त्यस पृष्ठभूमिले रास्वपा...
काठमाडौं : सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ। माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन्। प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५...