विश्वमा केही समययता तीब्र फैलिरहेको ओमिक्रोन भेरियन्टको नयाँ भाइरस जेएन.१ नेपालमा पनि पुष्टि भएको छ। खासगरी छिमेकी भारतमा केही सातादेखि संक्रमण बढेसँगै नेपालमा पनि नयाँ भेरियन्ट जेएन.१ देखिन थालेिगतमा पनि भारतमा कोरोनाको लहर देखिएपछि त्यसको केही समयको अन्तरालमा नेपाल पनि देखिने गरेको छ। नेपालमा पनि नयाँ भेरियन्ट फेला परेसँगै धेरै मानिसहरूमा यो भाइरस कति घातक हो भन्ने जिज्ञासा उब्जिएको छ।
हाल प्राप्त जानकारीहरू अनुसार जेएन.१ को लक्षण उसको माउ ओमिक्रोनको भन्दा खासै फरक देखिएको छैन। ज्वरो, टाउको दुख्ने, जिरिङ्ग हुने, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, थकान महसुस हुने जस्ता लक्षणहरू नै जेएन.१ पुष्टि भएका संक्रमितमा देखिएको भनिएको छ। तर यो भाइरसका कारणले अघिल्लो लहर वा भेरियन्टहरूमा जस्तो संक्रमितले मृत्युवरण गर्नुपर्ने अवस्था सृजना भएको देखिँदैन। ायद यही कारणले विश्व स्वास्थ संगठनले यो भाइरसलाई ‘कम घातक’ को श्रेणीमा राखेको छ। यद्यपि यो भाइरस तीब्र फैलिन सक्ने क्षमता भएको भनिएको छ। यसर्थ यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ को श्रेणीमा राखेर बिशेष निगरानी गर्न अनुरोध गरिएको छ। तीब्र फैलिन सक्ने क्षमताका कारणले नै होला, ६ दिनको अन्तरालमा ४४ प्रतिशत नमूनामा जेएन.१ भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
केही दिनयता कोरोना पुष्टि भएका बिरामी अस्पताल भर्ना भइरहेका छन्। यो अवस्था विश्व स्वास्थ संगठनले ‘कोभिड अब प्यानडेमिक’ नरहेको भनेर घोषणा गरेको लामो समयपछि देखिएको हो। ओमिक्रोनलाई तुलनात्मक रूपमा अरू भेरियन्टभन्दा कम घातक मानिन्छ। तर पनि ओमिक्रोनको लहरमा धेरै जसो बृद्ध तथा दीर्घ रोगीहरूलाई बढी प्रभावित पारेको वा मृत्यु भएको देखिएको थियो। अहिले कोभिड पुष्टि भएर अस्पताल भर्ना हुने पनि ज्येष्ठ नागरिक नै छन्। यसरी हेर्दा जेएन.१ भाइरस जेष्ठ नागरिकहरूको लागि जटिल हुन सक्ने प्रारम्भिक आकलन गर्न सकिन्छ। हाल जनस्वास्थका मापदण्ड कसैले पनि अपनाएको देखिँदैन। तर पनि यी उपायहरू हाम्रो मानसपटलबाट पूर्ण रूपमा हराइसकेको भने छैन।