बनेपा-९ का वडाअध्यक्षले १५ लाख घुस लिएपछि……

282

काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका वडा न. ९  का वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ ।  वडाध्यक्ष नृपेश बादेलाई घर बाटो सिफारिस गर्ने प्रयोजनकोलागि १५ लाख घुस लिइसकेको अवस्थामा बुधबार राति नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न. ७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनी काङ्ग्रेस निकट विद्यार्थी संगठनका नेविसंघका केन्द्रिय नेता समेत हुन् ।