Thursday, October 8, 2026
Home समाज रवि मिश्रको एकल कार्टुन प्रदर्शनी

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी

52

काठमाडौं : कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन्।‘डिपिक्सन’ नाम दिइएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन्। १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाइसकेका छन्। कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए।