राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले जित्यो

94

भक्तपुर । यो वर्षको भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले जितेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मासबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी जितेको छ ।

भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको हो भने १९ स्वर्णले मध्यपुर नपा दोस्रो, ९ स्वर्णले सुर्यबिनायक नपा तेस्रो र ७ स्वर्णले चागुनारायण नपा चौथो भएको भक्तपुर जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् ।

गएको वर्षको ११ औं रास्ट्रपति खेलकुद प्रतियोगितामा पनि भक्तपुर नगरपालिकाले रनिङ शिल्ड जितेको थियो । बिजेताहरुलाई नेकपा एमालेका नेता महेश बस्नेतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान  गरेका छन् ।