एमालेले सरकारलाई बुझायो जनताका ७ सय ५१ माग

32

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई जनताका ७ सय ५१ माग बुझाएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरूले जनस्तरबाट आएका ७ सय ५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहित लिखित जानकारी गराएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।