‘मौन अवधि’मा शेखर काेइरालाको चियापान

29

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई चियापानका लागि बोलाएका छन्। आसन्न राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गरी विराटनगरस्थित कोइराला निवासमा उनले चियापान कार्यक्रम आयोजना गर्न लागेका हुन्। कोइरालाले गठबन्धनमा रहेका कोशी प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई चियापानमा बोलाएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। ‘ राष्ट्रिय सभाको चुनावलाई मध्यनजर गर्दै डाक्टर कोइरालाले गठबन्धनमा आबद्ध जनप्रतिनिधिलाई बोलाउनु भएको हो‘, उनले भने। चियापानमा सहभागी हुन नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित मिनेन्द्र रिजाल र खेलकुदमन्त्री डिगबहादुर लिम्बू विराटनगर पुगिसकेका छन्। बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनको मौन अवधि जारी छ। यो अवधिमा कुनै पनि किसिमको प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन।