Monday, September 21, 2026
Home समाचार २४ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

२४ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

85

काठमाडौं : प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महनिरीक्षकको सचिवालयले गोरखापत्रमा सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई) हवल्दार,३ जना, प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ।उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो। उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।