पाइलटले झुक्किएर अपहरणको संकेत दिने बटन थिचेपछि

292

४ असोज, काठमाडौं । विमान चालक (पाइलट)ले झुक्किएर कुनै गलत निर्णय लिँदा के होला ? सरल जवाफ आउँछ- ठूलो जोखिम वा आतंकको स्थिति सिर्जना हुनसक्छ । हो यस्तै भएको छ जेद्दाबाट मनिलाका लागि उडेको साउदी एयरलाइन्सको जेट विमानमा । सो विमान ‘अपहरण’मा परेको सूचना कन्ट्रोल रुममा आयो । बाेइङ ७७७ मा ३०० यात्रुहरू थिए ।