काठमाडौँ : फेरि मौसममा बदली हुने भएको छ। शनिवार रातिदेखि नै बदली शुरु भएको र आइतवार विहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतवार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि...
दाङ : दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन्। साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएर आएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफैँ प्रहरी कार्यालय पुगेका हुन्। प्रहरीसामु पिमलालले श्रीमतीले अनावश्यक दबाब...
काठमाडौं : नेकपा एमाले धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले आइतबार विज्ञप्ति जारी गरी धादिङ अधिवेशन स्थगित भएको जानकारी गराएका हुन्। अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित भएको विज्ञप्तिमा उल्लेख छ। यही माघ १९ गते साँझ करिब ७...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्यूनीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।उनले क्यान्सर न्यूनीकरणका लागि आ–आफ्नो...
भक्तपुर । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको भक्तपुर अस्पतालको प्रमुख पद मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर सुमित्रा गौतम नियुक्त भएकी छिन् । डाक्टर गौतमलाई प्रमुख मेडिकल सुपरिटेण्डेट पदको रूपमा स्वास्थ्य मन्त्रालयले तेस्रो पटक जिम्मेवारी दिएको हो। यस अगाडी दुई पटक उनी यस अस्पतालको प्रमुख हुदाँ अस्पताल उत्कृष्ट भएको थियो ।
दाङ : जिल्लाको शान्तिनगर-१ बाघखोरका बलबहादुर वलीले रातको समय अग्लो ठाउँबाट दक्षिणतर्फ हेर्दा बत्ती बेलेको झलमल देख्छन्। उनलाई पनि आफ्ना गाउँमा बत्ती बेलेको देख्न मन छ। उमेरले ६ दशक बढी भएका वलीलाई मर्नुभन्दा अगाडि गाउँमा बत्ती बलेको हेर्न ठूलो धोको छ। तर, गाउँमा विद्युत् नआउँदा त्यो धोको अहिलेसम्म पूरा भएको छैन। उनलाई मर्नुभन्दा पहिले विद्युत् बालेको...
काठमाडौं : प्रहरीले खाल्डोमा खसेको दुई वर्षीय एक बच्चालाई सकुशल उद्धार गरेको छ। भक्तपुर सूर्यविनायक नगरपालिकाको कटुञ्जे भैरव मन्दिरनजिक खाली जग्गामा बोरिङ गर्न खनेको करिब १५ फिटको खाल्डोमा खसेको दुई वर्षीय बच्चालाई मंगलबार प्रहरी प्रभाग कटुन्जे र प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको (प्रनाउ) डिएसपी वसन्त पाठकले जानकारी दिए। रामेछाप मन्थली नगरपालिका वडा...
खोटाङ : वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन्। उनीहरूले ‘विदेश पठाइदिन्छु भन्दै २०७७ सालदेखि पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले एक करोड पाँच लाख १३ हजार रुपैयाँ ठगी...
काठमाडौँ : गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको शुरुवाती दुई दिन लगातार बढेको छ। आइतवार दोहोरो अंकले बढेको परिसूचक आज (सोमवार) १० दशमलव २६ अंकले उकालो लागेको हो। आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर २ हजार १०४ दशमलव ७२ को विन्दुमा कायम भएको हो। ३११ कम्पनीका १ करोड २३ लाख...
सुनसरी : बुबा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय...








