Tuesday, September 29, 2026
Home समाचार भक्तपुरमा खाल्डोमा खसेको दुई वर्षीय बच्चाको प्रहरीद्वारा सकुशल उद्धार

भक्तपुरमा खाल्डोमा खसेको दुई वर्षीय बच्चाको प्रहरीद्वारा सकुशल उद्धार

67

काठमाडौं : प्रहरीले खाल्डोमा खसेको दुई वर्षीय एक बच्चालाई सकुशल उद्धार गरेको छ। भक्तपुर सूर्यविनायक नगरपालिकाको कटुञ्जे भैरव मन्दिरनजिक खाली जग्गामा बोरिङ गर्न खनेको करिब १५ फिटको खाल्डोमा खसेको दुई वर्षीय बच्चालाई मंगलबार प्रहरी प्रभाग कटुन्जे र प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको (प्रनाउ) डिएसपी वसन्त पाठकले जानकारी दिए। रामेछाप मन्थली नगरपालिका वडा नं। ७ घर भई हाल कटुन्जे बस्ने दुई वर्षीय सजिन भुजेल खेल्ने क्रममा युक्त खाडलमा खसेका थिए।