Home Blog Page 2165
चैत १३ ,कञ्चनपुर । खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् । कृषि विकास कार्यालयका अनुसार हालसम्म केरा खेतीमा १२८, उखु खेतीमा ४२६, धान खेतीमा ८९ र माछामा चार गरी ६४७ किसानले बिमा गराएका हुन् । केरामा रु दुई करोड २९ लाख ९९ हजार, उखुमा रु १८ लाख ३९ हजार दुई सय, धानमा रु २३...
चैत १३, काठमाडौं । नेपाल औषधि व्यवसायी सङ्घले औषधिमा आत्मनिर्भर भई राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । ललितपुरको स्टाफ कलेजमा भएको वाग्मती अञ्चल शाखाको साधारणसभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले २०३५ सालको औषधि ऐन संशोधन गर्न लागिएको बताए । कार्यक्रममा उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले औषधि व्यवसायमा धेरै परिवर्तन गर्न जरुरी छ भने । औषधि उत्पादक सङ्घका उपाध्यक्ष...
चैत १३,पर्वत । आफूले पालेका पशुको बिमा गर्ने कृषकको सङ्ख्या बढ्दै गएको हो । सरकारले चार वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बिमा लागू गरेपछि व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार हालसम्म जिल्लामा साढे छ हजार पशुको बिमा भएको छ । वरिष्ठ पशु विकास अधिकृत...
चैत १३, काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचिमाथि छलफल गर्दै ‘केन्द्रीय कार्यसम्पादन समिति’मा रहने सदस्यको टुङ्गो लगाएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए । कार्यसम्पादन समिति बनेपछि पार्टीको विधानअनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २९ सदस्यीय...
चैत १३, काठमाडौं । सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा सिंहदरबारको फोहर बाहिर नपठाइने कार्यक्रम ल्याउने भएको छ । देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारबाट निस्कने ढललगायत फोहर सिधै वाग्मतीमा गई प्रदूषण बढेकाले नमुनाका रुपमा सिंहदरबारलाई फोहरमुक्तस्थल बनाउन सोसम्बन्धी नीति तथा कार्यक्रम र बजेटमा ल्याउन लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिंहदरबारबाट निस्कने ढललगायत फोहर भित्रै प्रशोधन गर्ने...
चैत १३, बझाङ । नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । तीमध्ये खप्तड छान्ना गाउँपालिका–७ बस्ने ४० वर्षीया बुदीदेवी चौहान भने गम्भीर घाइते भएकी छन् । घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिप्रकाले जनाएको छ । सोही गाउँपालिका–३ बस्ने...
चैत १३, बर्दिवास । “सुनलही माय, आब जल्दिए चुनाव होतौ” (सुन्नुभयो आमा, अब चाँडै चुनाव हुन्छ रे) ध्यानपूर्वक रेडियो कानसम्मै पु¥याएर सुनिरहेकी महोत्तरी बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीकी १३ वर्षीया किशोरी ऐसा सादाले आफ्नी आमासँग भनिन् । देश दुनियाँको त कुरै छाडौँ, आफ्नै हक अधिकारबारे पूरै बेखबर रहने मुसहर समुदायमा अब पछिल्लो पुस्ताले आम चासोका विषयमा कुरा गर्नेमा अब ऐसा सादामात्र...
चैत १३, गौशाला। पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुबारे सोधपुछ तथा उजुरी सङ्कलन गर्न उच्चस्तरीय छानबिन आयोग टोली महोत्तरी आइपुगेको छ । तराई, मधेस र थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोग शनिबार यहाँ पुगेर काम थालेको हो र आइतबार पनि महोत्तरीका पीडितसँग...
चैत १३ , तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न निषेध गरेको हो । यी जिल्लाका करिब २५ गाविस...
चैत १३, धनगढी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से५प २०७१ नम्बरको...