मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

457

चैत १३, धनगढी।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से५प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु३त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार यी तीनै जनाको मृत्यु भएको हो । दुर्घटनापछि घाइते दुई जनाको पद्मा अस्पताल अत्तरियामा र एक जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।