Home Blog Page 2105
चैत २, राजविराज । सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका(५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छन्। परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्केपछि अनुलाई खानेकुरा...
चैत २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। माओवादी केन्द्रको सहभागीतामा यसअघि मन्त्रीपरिषद् विस्तार गरेका प्रधानमन्त्री ओलीले शुक्रबार मधेसवादी दल संघीय समाजवादी फोरम नेपाललाई समेत समेटेर सरकार विस्तारको तयारीमा लागेका हुन्। सरकार विस्तार र मन्त्रालय थपबारेमा प्रधानमन्त्री ओलीले केहीदिन यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगातार छलफल गरेका छन्। बिहिवार पनि प्रधानमन्त्री...
चैत २, हेटौँडा । प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गतेभित्र पेश गरिने भएको छ । आज साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्नाका साथै सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक र...
चैत २, नुवाकोट । पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । शिलान्यास...
नागरिक दैनिक-चैत २, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफ बनाउन ट्यांकरचालक हडतालमा उत्रिएका छन् । बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निमगले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको विरोधी गर्दै पुर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलिम पदार्थ ढुवानी रोकेर हड्तालमा उत्रिएका हुन् ।
-लोकेन्द्र खनाल चैत २, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका– ९ राडीकी १३ वर्षीया सुशीला बादी अहिलेसम्म एकपटक पनि विद्यालयमा पुग्नुभएको छैन । आफ्ना साथीहरु अहिले ५, ६ कक्षामा पढ्छन् तर सुशीलाले भने विद्यालयको मुख नै देख्नुभएको छैन । उहाँलाई पढ्न रहर नभएको भने होइन तर घरको आर्थिक अवस्था कमजोर भएका कारण सुशीलाले पढ्न पाउनुभएको छैन । केही वर्ष पहिले उहाँका...
चैत २, काठमाडौँ । गौशालास्थित होटल पशुपति भिजनबाट बुधबार साँझ पक्राउ परेका गणेश लामालाई प्रहरीले फसाएको आरोप नेपाली कांग्रेसका नेताहरुले लगाएका छन् । लामा पक्राउको विरोधमा कांग्रेसले शुक्रबार विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ । उनीसंग बरामद भएको पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको प्रहरीको दाबी छ । होटलमा गोली चलेपछि पुगेको प्रहरी टोलीले हतियारसहित...
कान्तिपुर- चैत २, काठमाडौं । चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्‍याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी गरेका छन् । पीडित कामदारका अनुसार मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले आजाद भिसाका नाममा...
चैत १, काठमाडौं । प्रतिनिधिसभाको उपसभामसुखका लागि एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्मा भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार काँग्रेसका तर्फबाट भुषालले र एमालेका तर्फबाट तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गराएका हुन् । तर, तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ ।उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । यसअघि सभामुखमा कृष्णबहादुर महरालाई समर्थन गरेको काँग्रेसले पनि उपसभामुख आफूले पाउनु पर्ने बताएको थियो भने...
चैत १, काठमाडौं । न्यापरिषदद्वारा पदमा नरहेको घोषणा गरेपछि अप्ठ्यामा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामाको घोषणा गरेका छन् । बिहिबार राष्ट्रपति भवन शीतल निवास पुगेर पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएका छन् । राजीनामा दिएपछि रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पराजुलीले आफूले राम्रो काम गर्न खोज्दा खोज्दै पनि अनेकन षड्यन्त्र भएको बताए ।