Tuesday, October 20, 2026
Home राजनीति गणेश लामालाई प्रहरीले नै फसाएको कांग्रेस नेताहरुको आरोप

गणेश लामालाई प्रहरीले नै फसाएको कांग्रेस नेताहरुको आरोप

458

चैत २,
काठमाडौँ । गौशालास्थित होटल पशुपति भिजनबाट बुधबार साँझ पक्राउ परेका गणेश लामालाई प्रहरीले फसाएको आरोप नेपाली कांग्रेसका नेताहरुले लगाएका छन् । लामा पक्राउको विरोधमा कांग्रेसले शुक्रबार विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ । उनीसंग बरामद भएको पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको प्रहरीको दाबी छ । होटलमा गोली चलेपछि पुगेको प्रहरी टोलीले हतियारसहित बसेका लामालाई नियन्त्रणमा लिएको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताउदैं आएका छन । उता प्रक्राउ परेका लामाले आफूलाई कसैले गोली हान्न आएको बेला उसको पेस्तोल खोसेको प्रहरीमा बयान दिएका छन्।
विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए । काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए। लामालाई प्रहरीले १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । प्रहरीले बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।